श्रीलङ्कामा जलवायु परिवर्तनका लागि नयाँ शिक्षा प्रणाली
कोलम्बो- संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले शुक्रबार देशको लागि ‘जलवायु–स्मार्ट शिक्षा प्रणाली’ निर्माण गर्न श्रीलङ्कासँग काम गरिरहेको जनाएको छ ।
युनिसेफले श्रीलङ्काको शिक्षा मन्त्रालय तथा अन्य साझेदारसँग मिलेर काम गरिरहेको छ ।
युनिसेफका अनुसार श्रीलङ्कामा आएको बाढीले सन् २०२४ मा पाँच लाख १५ हजार ३०६ विद्यार्थीको शिक्षामा बाधा पुर्याएको थियो ।
“शिक्षा अधिकार हो र यो जलवायु परिवर्तनको हानीकारक बन्नु हुँदैन,” संयुक्त राष्ट्र सङ्घले जनाएको छ । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया