सुडानको अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो
जेनेभा, स्विजरल्याण्ड- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सुडानको एल फसारमा रहेको साउदी शिक्षण मातृ अस्पतालमा हालै भएको आक्रमणको निन्दा गरेका छन् । उक्त आक्रमणमा ७० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
डब्ल्यूएचओ प्रमुखले स्वास्थ्य सेवामा हुने आक्रमण तत्काल बन्द गर्न आह्वान गरे ।
गेब्रेयससले सामाजिक सञ्जाल पोस्टमा लेखे “सुडानको एल फशरमा रहेको साउदी अस्पतालमा भएको भयानक आक्रमणमा १९ जना घाइते र ७० जना बिरामीको मृत्यु भएको छ । आक्रमणको समयमा, अस्पताल बिरामीहरूले खचाखच भरिएको थियो ।”
यसैबीच साउदी अरेबियाको विदेश मन्त्रालयले अल फाशरमा रहेको साउदी अस्पताललाई निशाना बनाएको घटनालाई अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको भन्दै निन्दा गरेको छ ।
ट्विटरमा पोष्ट गरिएको एक विज्ञप्तिमा मन्त्रालयले भन्यो, “परराष्ट्र मन्त्रालयले साउदी अरेबियाले एल फशरमा रहेको साउदी अस्पताललाई निशाना बनाएको निन्दा गर्दछ, जसले गर्दा धेरै व्यक्तिको मृत्यु भएको छ । यो अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो ।” (एएनआई)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया