विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्वीकार गरिन् ५ हजार केटाको प्रस्ताव
लन्डन- आजकल मानिसहरु सम्बन्ध बनाउन र तोड्न धेरै सहज भएको छ । खासगरी प्रेमी र प्रेमिकाको हकमा को कसको प्रेमी र प्रेमिका बन्ने भन्ने केही भन्न सकिन्न । यी सबैको बीचमा ‘विश्वको मोस्ट वान्टेड गर्लफ्रेन्ड’को निकै चर्चा भइरहेको छ ।
यी युवतीले एक–दुई मात्र होइन, पाँच हजार केटाको प्रस्तावलाई रिजेक्ट गरे पछि उनी थप चर्चामा रहेकी छिन् । करिब ५ हजार केटाहरूले उनका १५ प्रश्न भएको फारम भरेका थिए । उनको सर्त थियो, यसमा चित्त बुझेमा उनी त्यसलाई ब्वाइ फ्रेन्ड बनाउने छिन । तर, उनले सही उत्तर नपाएको भन्दै त्यसपछि उनले ती सबैलाई अस्वीकार गरेकी हुन्् ।
नेदरल्याण्डमा आधारित सामाजिक सञ्जालमार्फत भेरा डाइकमान्सले आफ्नो प्रेमी पत्ता लगाउन १५ प्रश्नहरूको सूची तयार गरेकी थिइन् । करिब ५ हजार केटाले भेरा डाइकम्यान्सलाई आफ्नो प्रेमी बन्ने इच्छा व्यक्त गरेर फारम पनि भरेका थिए तर अचम्मको कुरा ५ हजार केटाको आवेदनका बाबजुद पनि भेरा डाइकम्यान्स एक्लै रहेकी छिन् । उसले अहिलेसम्म आफ्नो जीवनसाथी फेला पारेकी छैनन् । भेरा डाइकमान्स हाल लन्डनमा बस्दै आएकी छिन् र सामाजिक सञ्जालमा ७० लाखभन्दा बढी फलोअर्स छन् ।
डाइकमान्सले भनिन, ‘मैले करिब ५ हजार आवेदन प्राप्त गरेँ तर तीन जना केटा मात्र मेरो लागि उपयुक्त थिए । म तीनै जनासँग डेटमा गएँ तर कसैसँग पनि सम्बन्ध स्थापित गर्न सकिनँ । र त म अझै पनि अविवाहित छु।’
भेरा डाइकमान्सले भनिन् कि ‘यी सबैको बाबजुद पनि म निराश छैन किनभने म मेरो प्रयोग सफल भएको ठान्छु किनभने मैले के चाहन्छु भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्छु र त्यो मापदण्ड कसले पूरा गरेको छ भनेर पनि हेर्न सक्छु।’ यी युवतीसँग ५ हजार मध्ये डेटमा गएका ती ३ जना कसरी भेटिन् भन्ने प्रश्न उठेको छ ।
डाइकम्यानले उनको प्रेमी बन्न अनौठो आवेदन प्राप्त गरेकी हुन् । करिब ५ हजार आवेदन क्रमबद्ध गरेपछि भेट्न आतुर रहेको तीनवटा मात्रै चिठ्ठी भेटिए तर मुद्दा अगाडि बढ्न भने अझै सकेको छैन । डाइकम्यानले मानिसहरूलाई राति ढिलो सन्देश पठाएमा वा डेटमा बाहिर जाने कुरा गरेमा उनी तयार नहुन् सक्छिन् भनेकी छिन् । ‘यदि यो पहिले नै योजना छ भने तपाईं एक्लै जान सक्नुहुन्छ, यो मेरो कडा नियमहरू मध्ये एक हो।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया