विश्व

इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा गोली हानी हत्या

इकागज |
माघ १८, २०८१ शुक्रबार ८:२७ बजे

काठमाडौँ- इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा हत्या गरिएको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार साल्भान मोमिकालाई गोली हानिएको थियो। गोलीबारीको सूचना पाएपछि स्विडेनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए।


मिडिया रिपोर्टका अनुसार सलवानको हत्याको भिडियो सीसीटीभीमा कैद भएको बताइएको छ किनभने यो गोलीबारी हुनु केही समय अघि लाइभ स्ट्रिममा आएको बताइएको छ। मृत्यु हुनेमा ३८ वर्षीय सलवान मोमिका रहेको प्रहरीले पुष्टि गरेको छ ।

मोमिकालाई लगातार इराकी कुरान जलाएकोमा ज्यान मार्ने धम्की आइरहेको थियो । सन् २०२३ को इद उल अजहा (बकर इद) भन्दा ठीक अघि उनले स्विडेनमा इस्लाम धर्मको पवित्र पुस्तक कुरान जलाएका थिए । यसका लागि उनले अनुमति पनि मागेका थिए र स्थानिय प्रहरीले पनि त्यसका लागि अनुमति दिएको थियो । त्यसपछि उनले कुरान जलाएर विरोध जनाएका थिए ।

इराकका सलवान मोमिका इस्लामिक विचार र विश्वासका आलोचक हुन्। मोमिकाले आफू स्विडेन नाटोमा सामेल हुने विरुद्ध नभई इस्लामको विरोधमा कुरान जलाउन चाहेको बताएका थिए । कुरान जलाउनु अघि उनले भनेका थिए, ‘स्विडेन उठ, यो लोकतन्त्र हो।’ मोमिकाले कुरान जलाए पछि धेरै मुस्लिम देशहरूले यसको कडा निन्दा गरेकासमेत थिए ।

तर, पछि उनले स्विडेन छोडेर नर्वेमा शरण लिने योजना बनाइरहेका थिए । किनभने स्विडेनी सरकारले उनको निवास अनुमति रद्द गरेको थियो। मोमिका स्विडेन एक इराकी शरणार्थी हुन । स्विडेन छाड्ने विषयमा मोमिकाले स्विडेनमा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको संरक्षण ठूलो झूट भएको बताउँदै आएका थिए ।


Author

थप समाचार
x