उच्च प्रविधि क्षेत्रमा लगानी बढाउने इजरायलको प्रतिबद्धता
जेरुसेलम- इजरायली उद्योग मन्त्रालयले बुधबार हाई–टेक (उच्च प्रविधि) क्षेत्रहरूको पूर्वाधार स्थापना गर्न राष्ट्रव्यापी योजनाको घोषणा गरेको छ ।
मन्त्रालयको एक विज्ञप्ति अनुसार, उक्त योजनाका अन्तर्गत १३ परियोजनाहरू समावेश छन् ।
यस पहलले उदीयमान कम्पनीहरूको बृद्धिलाई समर्थन गर्न, उच्च गुणस्तरको रोजगारी सिर्जना गर्न, इजरायली निर्यातलाई बढावा दिन र उद्यमशीलता र नवाचारमा इजरायलको स्थितिलाई बलियो बनाउन सहयोग गर्छ ।
यसमा जैविक प्रयोगशाला, नयाँ खाद्य प्रविधि पूर्वाधार, रोबोटिक र मोड्युलर उत्पादन प्रणाली, ड्रोन सुविधा, एआई सामग्री प्रयोगशाला र अस्पताल सम्बन्धित परियोजनाहरू समावेश रहेका विज्ञप्तिमा भनिएको छ । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया