विश्व

पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु

इकागज |
माघ १९, २०८१ शनिबार १८:५७ बजे

पाकिस्तान - पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ जना अर्धसैनिकको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

मङ्गोचर सहर नजिकै अर्धसैनिक बोकेको एउटा गाडीमा सशस्त्र आक्रमणकारीहरूले गोली चलाएको एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।


आक्रमणको बलोच पृथकतावादी समूहले जिम्मेवारी लिएको छ । 

अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानमा सुरक्षा बलहरूले दशकौंदेखि सांप्रदायिक, जातीय र पृथकतावादी हिंसासँग लडिरहेका छन् ।


Author

थप समाचार
x