बन्दुकधारीको आक्रमणमा सिरियामा १० गाउँलेको मृत्यु
सिरिया - सिरियामा बन्दुकधारीहरूले अलावाइट गाउँका १० जनालाई गोली हानी हत्या गरेको छ ।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हामा ग्रामीण इलाकाको अर्जाह गाउँका १० नागरिक शुक्रबारको आक्रमणमा मारिएको बताएको छ ।
“बन्दुकधारीहरूले भाग्नु अघि गाउँका मानिसहरूलाई गोली हाने ।”
अब्जर्भेटरीका प्रमुख रामी अब्देल रहमानले बन्दुकधारीहरू सुन्नी मुस्लिमहरू रहेको थिए ।
सिरियाली अखबार अल–वतानले सुरक्षा बलहरूले हत्याको पछाडि अपराधीहरूलाई खोज्न अर्जाह क्षेत्रलाई घेरेको बताएको छ ।
उक्त आक्रमणमा मारिनेहरूमा पूर्व अफिसर र सिपाहीहरू थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया