इरानमा बस पल्टिँदा ५४ जना घाइते
इरान - इरानको मध्य प्रान्त सेमनानको एक इन्टरसिटी सडकमा आइतबार बिहान बस पल्टिँदा ५४ जना घाइते भएका छन् ।
सोरखेह काउन्टीबाट प्रादेशिक राजधानी सेमनान जाने सडकमा बिहान ४:४५ बजे बस दुर्घटना भएको हो ।
चिकित्सा विज्ञान तथा स्वास्थ्य सेवा प्रवक्ता करेन याह्याईले भने,“ एम्बुलेन्सले घाइतेलाई सेमनान अस्पताल पुर्याएको छ ।”
घटनाबारे सेमनानका ट्राफिक प्रहरी प्रमुख मौसा बोजोर्गीले चालक निद्रामा परेका कारण बस सडकबाट खसेको बताए ।
“दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।”
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया