विश्व

पाकिस्तानमा सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिए

इकागज |
माघ २९, २०८१ मंगलबार ६:३६ बजे

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सैन्य कारबाहीका क्रममा पाँच आतङ्ककारीको मृत्यु भएको प्रहरी काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले सोमबार जनाएको छ ।

सीटीडीका कर्मचारीहरूले यस क्षेत्रमा आतङ्ककारीहरूको उपस्थितिको सूचनाको आधारमा प्रान्तको करक जिल्लामा गुप्तचरमा आधारित अपरेशन सञ्चालन गरेका थिए ।


मारिएका आतङ्ककारी प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तानका थिए । सुरक्षा बलहरूले उक्त क्षेत्रमा आतङ्कवाद विरुद्ध आफ्नो प्रयासलाई तीव्र पारेका छन् । शान्ति र स्थिरता सुनिश्चित गर्न सैन्य अपरेशनहरू जारी छन् ।

सीटीडीले आतङ्कवादीहरूको लुकेको ठाउँबाट ठूलो मात्रामा हातहतियार र गोलाबारुद पनि बरामद गरेको छ ।

आतङ्ककारीका सहयोगीलाई पक्राउ गर्न आसपासका क्षेत्रमा खोजी अभियान पनि चलाइएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x