विश्व

नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु

इकागज |
फागुन ४, २०८१ आइतबार १४:० बजे

भारत -  शनिबार राति भारतको राजधानी नयाँदिल्लीस्थित रेलवे स्टेसनमा भागदौड हुँदा १० महिला र तीन बालबालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । तीमध्ये नाैजना बिहारका, आठजना दिल्ली र एकजना हरियाणाका छन् ।

गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’मा पवित्र स्नान गर्नका लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेसनमा मानिसको भिड लागेको थियो । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजन रेलमा चढ्न जम्मा भएका वेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो। 


मृतकको शव निकालिएको छ भने घाइतेहरूलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।


Author

थप समाचार
x