खानी दुर्घटनामा मृत्यु भएका सातै जनाको शव निकालियो

अल्माटी- काजाकिस्तानको उल्टाउ क्षेत्रमा सोमबार राति एउटा खानी भत्किँदा सात जनाको मृत्यु भएको देशको काजिनफर्म समाचार एजेन्सीले जनाएको छ ।
दुर्घटनाको समयमा सात जना खानीमा फसेका थिए । मङ्गलबार बिहानसम्म सातै खानी मजदुरको शव निकालिएको थियो ।
कजाखका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले सरकारलाई घटनाको कारणहरूको गहिरो अनुसन्धान गर्न आदेश दिए । त्यसका लागि विशेष आयोग गठन गरिएको छ ।
खानी कम्पनी कजाख्मिसको प्रारम्भिक निष्कर्षले प्राकृतिक ग्यास विस्फोटका कारण खानी भत्किएको देखाएको छ । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया