युक्रेनमाथिको हमलालाई इटालीका राष्ट्रपतिले ‘नाजी’सँग तुलना गरेपछि रूसी ह्याकरको आक्रमण

काठमाडौँ- इटालीकी राष्ट्रपतिले युक्रेन आक्रमणलाई नाजीहरूसँग तुलना गरेपछि रूसी ह्याकरहरूले इटालीका धेरैवटा वेबसाइटहरूमा आक्रमण गरेका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक रुस समर्थक ह्याकर समूहले इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाको भाषणको प्रतिक्रियामा इटालियन सरकारी वेबसाइटहरूमा आक्रमण गरेका हुन ।
सामाजिक सञ्जालमा आक्रमणको घोषणा गर्ने ‘नो नेम ५७’ नामक ह्याकर समूहले इटालीको रक्षा, आन्तरिक र यातायात मन्त्रालयका साथै कानून प्रवर्तन एजेन्सीहरूको वेबसाइटमा आक्रमण गरेका छन् ।
समाचार अनुसार सो ह्याकर समूहले इटालियन बैंक, बन्दरगाह, एयरपोर्ट र स्थानीय यातायात एजेन्सीहरूमा आक्रमण गरेको बताएको छ तर ती आक्रमणहरूले ठूलो अवरोध उत्पन्न भने गरेको छैन ।
गत फेब्रुअरी ५ मा मार्सेलीमा एक भाषणमा राष्ट्रपति मटारेलाले भने कि दोस्रो विश्वयुद्धको नेतृत्व गर्ने ढाँचाहरू दोहोरिरहेका छन, जसमा नाजी शैली पनि कायम रहेको जनाएका थिए ।
‘यो युरोपमा तेस्रो युद्द गराउने रियोजना थियो, युरोप विरुद्धको आजको रुसको आक्रमण यस्तो प्रकृतिको हो,’ उनले भनेका थिए
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया