पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीले गरे ७ जनाको हत्या

फाइल फाेटाे
इस्लामावाद - बन्दुकधारीहरूले पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा कम्तीमा सात यात्रुको हत्या गरेको अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् ।
हत्या ११ः४५ बजे भएको थियो । मङ्गलबार प्रान्तको बरखान जिल्लाको एक राजमार्गमा करिब ११ जना सशस्त्र बन्दुकधारीहरूले एक यात्रु बसलाई रोकेका थिए ।
यात्रुहरू प्रान्तीय राजधानी क्वेटाबाट पूर्वी पञ्जाब प्रान्तको फैसलाबाद जिल्ला जाँदै थिए ।
“बन्दुकधारीहरूसँग उनीहरूको बारेमा विशेष जानकारी थियो । उनीहरूले यो विशेष गाडीलाई मात्र रोके र यात्रुहरूलाई मारेका थिए,” स्रोतहरूले बताए ।
सुरक्षा बल पुग्नुअघि नै आक्रमणकारीहरु घटनास्थलबाट भागेका थिए ।
बरखान पञ्जाब र बलुचिस्तान बीचको सीमावर्ती जिल्ला हो । यसले दुई प्रान्तहरू बीचको यात्रुहरूको लागि प्रमुख ट्रान्जिट मार्ग बनाउँछ ।
घटना लगत्तै कानून प्रवर्तन एजेन्सीहरूले घटनामा संलग्नहरूलाई पक्राउ गर्न खोजी अभियान सुरु गरेका छन् ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया