विश्व

पाकिस्तानमा सैन्य कारबाहीमा ३० आतंककारी मारिए

इकागज |
फागुन ७, २०८१ बुधबार २१:३९ बजे

इस्लामावाद - पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा गुप्तचरमा आधारित अपरेशनको क्रममा ३० आतंककारीलाई मारेको छ ।

इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बुधबार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी सेनाले सररोघा क्षेत्रमा आतंकवादीहरूको उपस्थितिको बारेमा विश्वसनीय गुप्तचर रिपोर्टहरू पछि मङ्गलबार राती अपरेशन सुरु गरिएको थियो ।


आईएसपीआरले यस क्षेत्रमा फेला परेका अन्य आतंककारीहरूलाई हटाउन क्लिनअप अपरेसन गरिएको बताएको छ ।

“पाकिस्तानका सुरक्षा बलहरू आतंकवादको खतरा हटाउन कटिबद्ध छन् । हाम्रा सुरक्षा बलहरूको बलिदानले हाम्रो सङ्कल्पलाई अझ बलियो बनाउँछ,” आईएसपीआरको विज्ञप्तिमा भनिएको छ ।

पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री मोहम्मद शहबाज सरिफले यस कारबाहीका लागि सुरक्षा बलको प्रशंसा गरे । 

पाकिस्तानका राष्ट्रपतिले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान समूह (टीटीपी) लाई पूर्ण रूपमा उन्मूलन गर्ने आफ्नो संकल्पलाई पुनः पुष्टि गरे । 


Author

थप समाचार
x