भारतको मध्य प्रदेशमा प्रहरीसँगको मुठभेडमा ३ नक्सलवादी मारिए

नयाँ दिल्ली- मध्य भारतीय राज्य मध्य प्रदेशमा बुधबार अर्धसैनिक बलसँगको भीषण गोली हानाहानमा तीन महिला नक्सलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४८० किलोमिटर पूर्वमा बालाघाट जिल्लाको गढी क्षेत्रको सुपखारको जङ्गलमा नक्सल र अर्धसैनिक बलको संयुक्त दस्ताबीच गोली हानाहान भएको हो ।
“आज प्रहरी टोलीले गढी प्रहरी चौकी क्षेत्र अन्तर्गत पर्ने सुपखार वन दायरामा खोजी अभियान सुरु गर्यो । यस क्रममा उक्त क्षेत्रमा उपस्थित प्रहरी टोली र नक्सलीहरू बीच गोली हानाहान भयो,” एक प्रहरी अधिकारीले बताए ।
गोलाबारीमा केही नक्सलवादीहरू घाइते भए पनि भाग्न सफल भएको रिपोर्टहरूले जनाएका छन् ।
प्रहरीले मारिएका नक्सलवादीहरूबाट तीनवटा असल्ट राइफल र केही गोलाबारुद बरामद गरेको दाबी गरेको छ ।
गत हप्ता, नजिकैको छत्तीसगढ राज्यमा सरकारी सेनासँगको भीषण भिडन्तमा ३१ नक्सलवादी र दुई प्रहरीको मृत्यु भएको थियो । हाल, नक्सलहरू भारतको मध्य र पूर्वी भागहरूमा सक्रिय छन् । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया