जेलेन्स्कीले ‘धेरै छोटो अवधिमा’ खनिज सम्झौतामा हस्ताक्षर गर्ने : ह्वाइट हाउस

नेसनल हार्बर (अमेरिका)- ह्वाइट हाउसले शुक्रबार युक्रेनले ‘धेरै छोटो अवधिमा’ वासिङ्टनलाई यसको खनिज भण्डारहरूमा पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्ने कुरामा जोड दिएको छ ।
यसअघि सम्झौतामा हस्ताक्षर गर्न युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीको कमीका कारण अस्वीकार गरेका थिए ।
“हेर्नुहोस्, यहाँ मुख्य कुरा के हो भने राष्ट्रपति जेलेन्स्कीले त्यो सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ र तपाईंले त्यो धेरै छोटो समयमै देख्नुहुनेछ र यो युक्रेनका लागि राम्रो हो”, ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले राजधानी वासिङ्टनको बाहिरी भागमा आयोजित कन्जर्भेटिभ पोलिटिकल एक्शन कन्फरेन्स (सिपिएसी) का सहभागीहरूलाई भने । (एएफपी)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया