युएईमा भारतीय महिलालाई मृत्युदण्ड

काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई) मा भारतीय महिला शहजादी खानलाई मृत्युदण्ड दिइएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी) ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी दिएको छ । अब उनको अन्त्येष्टि मार्च ५ मा गरिनेछ ।
३३ वर्षीय शहजादी खान उत्तर प्रदेशकी भएको बताइएको छ । उनी संयुक्त अरब इमिरेट्सको एक घरमा घरेलु कामदारको रूपमा काम गर्दै थिइन् । उनी बच्चाको हेरचाह गर्ने क्रममा बच्चाको मृत्युको लागि शहजादीलाई जिम्मेवार ठहराइएको रिपोर्टमा उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया