विश्व

रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा भीषण आक्रमण

इकागज |
फागुन २४, २०८१ शनिबार ६:४६ बजे

किभ- रुसले यक्रेनका ऊर्जा पूर्वाधारमा भीषण आक्रमण गरेको छ । युक्रेनका उर्जा मन्त्री जर्मन गालुस्चेन्कोले रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा अर्को ठूलो आक्रमण गरेको बताउनुभएको छ । 

“युक्रेनका विभिन्न क्षेत्रहरूमा ऊर्जा र ग्यास पूर्वाधार फेरि ठूलो मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेको छ,“उनले उल्लेख गरे । गालुसेन्कोले उद्धार टोली र ऊर्जा क्षेत्रका कामदारहरूले आक्रमणपछिको अवस्थालाई सामना गर्न आक्रमण भएको ठाउँमा काम गरिरहेको बताए । 


उहाँले ऊर्जा र ग्यास आपूर्तिलाई स्थिर बनाउन आवश्यक सबै उपाय अपनाइने बताउनुभयो । क्षेत्रीय सैन्य प्रशासनका अनुसार, पश्चिमी टेर्नोपिल क्षेत्रको एक महत्वपूर्ण औद्योगिक सुविधा प्रभावित भएको छ, जसले यस क्षेत्रमा ग्यास आपूर्तिमा प्रतिबन्ध लगाउने सम्भावना छ ।

रूसी सेनाले युक्रेनमा लडाई ड्रोनका साथै क्रुज र ब्यालिस्टिक मिसाइलहरूको धेरै समूहहरू प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x