पानी ट्यांकी सफा गर्ने क्रममा निसास्सिएर ४ जनाको मृत्यु

सांकेतिक फोटो
भारत - मुम्बईको नागपाडाको मिन्ट रोडमा गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै निर्माणाधीन भवनमा पानीको ट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर चार जना कामदारको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।
निसास्सिएर हसिपाल शेख (१९), राजा शेख (२०), जिउल्ला शेख (३६) र इमान्डु शेख (३८) का मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानी ट्याङ्कीमा उपस्थित पाँचौं कामदार पुरहान शेख (३१) लाई अस्पतालमा भर्ना गरिएको र उनको उपचार भइरहेको छ ।
बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी) अधिकारीहरूका अनुसार, घटना मिन्ट रोड नागपाडा मुम्बईको गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै १२.२९ बजे भएको र मुम्बई फायर ब्रिगेड (एमएफबी) लाई १.३५ बजे रिपोर्ट गरिएको जनाएको छ ।
बीएमसी अधिकारीहरूले एक मजदुरलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया