विश्व

युक्रेनले पोल्याण्ड हुँदै अमेरिकी सैन्य सहायता पुनः पाउन सुरु

इकागज |
फागुन २८, २०८१ बुधबार १९:५४ बजे

फाइल फाेटाे

काठमाडौं - युक्रेनले अमेरिकी सैन्य सहायता पुनः पाउन शुरु गरेको छ । पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीले पोल्याण्ड हुँदै युक्रेनलाई अमेरिकी सैन्य सहायता पुनः सुरु भएको बताएका छन् ।

उनले युक्रेनी सेनाले प्रयोग गर्ने स्टारलिङ्क उपग्रहले राम्रोसँग काम गरिरहेको पनि स्पष्ट गरे । युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिहासँगको वार्सामा भएको भेटपछि उनले यो बयान दिएका हुन् । सिकोर्स्कीले पोल्याण्ड-युक्रेन सीमा नजिकै जेसोव जसियोन्का विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय सहयोग केन्द्रबाट हतियारको डेलिभरी अब पहिले जस्तै गतिमा भइरहेको बताए ।


उनले रुसको आक्रामकता अन्त्य गर्न दिइएको नयाँ प्रस्तावबाट पोल्याण्ड र युक्रेन दुवै खुसी रहेको पनि बताए । युक्रेनका विदेशमन्त्रीले साउदी अरेबियामा अमेरिकासँग भएको वार्तालाई 'धेरै महत्त्वपूर्ण, लगभग ऐतिहासिक' भनेर वर्णन गरेका छन् । उनले युक्रेन यो युद्ध अन्त्य गर्न र न्यायपूर्ण, दिगो शान्ति स्थापना गर्न चाहेको देखिएको बताए ।   


Author

थप समाचार
x