जर्मनीको रक्षा खर्च बढाउन ढिलाइ गर्नु गैरजिम्मेवारीपूर्ण हुने : मर्ज

फाइल तस्बिर
बर्लिन- जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्जले देशको सेनालाई बलियो बनाउन थप खर्चलाई छिटो स्वीकृत गर्न असफल हुनु अन्तर्राष्ट्रिय अशान्त परिस्थितिलाई ध्यानमा राख्दै गैरजिम्मेवारीपूर्ण हुने बताएका छन् ।
दुई तिहाइ बहुमत आवश्यक पर्ने उक्त योजना पारित गर्न यसमाथि छलफल गर्न महत्वपूर्ण संसदीय बहसको सुरुमा बोल्दै मर्जले रक्षा खर्च उठाउन थप ढिलाइ गर्नु गैरजिम्मेवार हुने बताएका हुन् ।
उनले भने, “हामीले अब हाम्रो प्रतिरक्षा क्षमतामा उल्लेखनीय वृद्धि गर्न कदम चाल्नुपर्छ र हामीले यति कुरा छिटो गर्नैपर्छ ।”
युक्रेन र उसका युरोपेली मित्रराष्ट्रहरूसँग संयुक्त राज्य अमेरिकाको बिग्रँदो सम्बन्धतर्फ इङ्गित गर्दै मर्जले भने, “हामी हाम्रो देशको इतिहासमा गहिरो परिणामका साथ निर्णयको अगाडि उभिन सक्छौँ।”
मर्ज र उहाँको मध्य–दक्षिणपन्थी सीडीयू/सीएसयू गठबन्धनले गत महिना भएको आम निर्वाचनपछि सम्भावित गठबन्धन सरकारका लागि ‘सेन्टर–लेफ्ट सोसल डेमोक्र्याट्स (एसपीडी)’ सँग छलफल गरिरहेको छ ।
गत हप्ता दुवै पक्षले संयुक्त रूपमा जर्मनीको संवैधानिक रूपमा निर्धारित ऋणबाट रक्षा खर्चलाई छूट दिनुका साथै पूर्वाधारलाई बढावा दिने ठूला खर्च प्याकेजका लागि योजनाहरू प्रस्तुत गरेका थिए ।
योजनाहरूमा मतदान मङ्गलबारका लागि निर्धारित गरिएको छ र मर्जले नयाँ संसद बोलाउनु अघि तिनीहरूलाई चाँडै अनुमोदन गर्न चाहन्छन् ।
नयाँ संसद्मा अति दक्षिणपन्थी र अति वामपन्थी मिलेर योजनालाई रोक्न सक्नेछन् ।
एसपीडी संसदीय दलका नेता लार्स क्लिङबेलले पनि सांसदहरूलाई सरकारको योजनालाई समर्थन गर्न आग्रह गर्दै भने, “जब इतिहासले हाम्रो ढोका ढकढक्याउँदछ, तब हामीले यसलाई खोल्नुपर्छ, हामीले दोस्रो मौका पाउनेछौँ कि छैनौँ हामीलाई थाहा छैन ।” (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया