अस्पताल भर्ना भएको ३१ दिनपछि पोपको तस्बिर सार्वजनिक

काठमाडौँ- फेब्रुअरी १४ मा अस्पताल भर्ना भएका पोप फ्रान्सिसको पहिलो पटक तस्बिर सार्वजनिक गरिएको छ ।
भ्याटिकनले आइतबार राति अस्पतालबाट पोप फ्रान्सिसको तस्बिर जारी गरेको हो । यस तस्बिरमा पोप रोमको जेमेली अस्पतालको एक निजी चैपलमा ह्वीलचेयरमा बसिरहेको देखिन्छ । भ्याटिकनका अनुसार पोपले आइतबार पनि थोरै काम गरेका थिए ।
पोप अस्पताल भर्ना भएको आइतबार ३१ दिन पूरा भएको छ । फेब्रुअरी १४ मा अस्पताल भर्ना भएपछि यो उनको पहिलो तस्बिर हो । ८८ वर्षीय पोप निमोनियाबाट पीडित छन् । उनको स्वास्थ्यमा अहिले सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया