लिबियाले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो
फाइल फाेटाे
त्रिपोली - लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १७७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ ।
सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफी शासनको पतनपछि देशमा अस्थिरता र अराजकताका कारण धेरै आप्रवासीहरू प्रायः अफ्रिकीहरूले लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जाने छनोट गरेका थिए ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।
“आज, अवैध आप्रवासन नियन्त्रण विभागको निर्वासन कार्यालयबाट, हामीले त्रिपोली मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान मार्फत १७७ महिला र केही बाल आप्रवासीहरूलाई नाइजेरिया फिर्ता पठाएको छौँ,” निर्वासन अधिकारी मोहम्मद ब्रेदाले बताए ।
“यस समूहमा नौ बालबालिका र आठ शिशुहरू थिए ।”
सोमबार, लिबियाका आन्तरिक मन्त्री इमाद अल–तरबेलसीले युरोपेली सङ्घलाई अवैध आप्रवासन रोक्न थप सहयोग प्रदान गर्न आग्रह गरे।
“लिबियाको दक्षिणी सिमानाहरू सुरक्षित गर्न यो समस्या समाधान गर्नु धेरै महत्वपूर्ण छ ।”
अल–तारबेल्सीले बसाइँसराइको मूल कारणहरूलाई सम्बोधन गर्न आप्रवासीहरूको उत्पत्ति भएका देशहरूमा विकास परियोजनाहरूको लागि पनि आह्वान गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया