कोरियाको आयात मूल्यमा वृद्धि जारी
सियोल- कच्चा पदार्थको उच्च मूल्यका कारण दक्षिण कोरिया आयात भएका सामानको मूल्यमा लगातार तेस्रो महिना वृद्धि देखिएको छ । दक्षिण कोरियाली बजारमा मेदेखि जुलाईसम्म आयातित सामानको मूल्य बढेको पाइएको हो ।
बैंक अफ कोरिया (बीओके) को शुक्रबार सार्वजनिक तथ्याङ्क अनुसार जुलाईमा आयात मूल्य सूचकाङ्क ११९.७३ थियो र यो अघिल्लो महिनाको तुलनामा ३.३ प्रतिशतको वृद्धि हो । कच्चा पदार्थको मूल्य बढ्दै गएपछि मेदेखि लगातार आयात भएका विदेशी सामानमा पनि मूल्य वृद्धि देखिएको हो । एक वर्षको अवधिमा गत महिना यो सूचकाङ्क १९.२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा देखिएको छ ।
गत महिना खानी उत्पादनको मूल्य ४.८ प्रतिशतले बढेको छ । दक्षिण कोरियामा कोइला र तेल उत्पादनको आयात मूल्यमा पनि जुलाईमा ८.१ प्रतिशतको वृद्धि भएको छ ।
दक्षिण कोरियाको ‘बेन्चमार्क, दुबई क्रुड’ लाई मासिक आधारमा हेर्दा जुलाईमा १.९ प्रतिशतले वृद्धि भएको छ ।
गतमहिना कम्प्युटर, इलेक्ट्रोनिक तथा अप्टिकल उपकरणहरूको आयात मूल्य ३.४ प्रतिशतले वृद्धि भएको छ । विद्युतीय उपकरण तथा रासायनिक उत्पादनको आयात मूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ ।
निर्यात मूल्य सूचकाङ्क जुलाईमा १११.१९ पुगेको छ र यो एक महिना पहिलेको भन्दा ३.५ प्रतिशतको वृद्धि हो । आयात मूल्यमा गत वर्षको नोभेम्बरदेखि अपवादमा एक दुई महिनाबाहेक लगातार आठौं महिनासम्म वृद्धि देखिएको छ । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया