विश्व

यात्रु कोभिड-१९ सङ्क्रमित भेटिएपछि चीनद्वारा उडान स्थगित

इकागज |
भदौ १, २०७८ मंगलबार २१:१९ बजे

बेइजिङ - चीनको नागरिक उड्डयन नियामक निकायले यात्रुमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि फिलिपिन्स एयरलाइन्स र कम्बोडिया एयरवेजको उडान स्थगित भएको घोषणा गरेको छ । 

चिनियाँ नागरिक उड्ययन प्राधिकरण (सीएएसी) का अनुसार यात्रुमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि मनिलादेखि तियानजिनसम्मको पीआर ३१४ नम्बरको उडान र नोम पेनदेखि चेन्दुसम्मको केआर ९६१ नम्बरको उडान २३ अगस्तदेखि दुई हप्तासम्मका लागि बन्द रहनेछ । 


अगस्त ४ गते यी दुबै स्थानबाट आएका विमानमा पाँच यात्रुमा सङ्क्रमण देखिएपछि चीनको नागरिक उड्डयन प्रशासनले मंगलबार आफ्नो वेबसाइटमा उक्त सूचना जारी गरी उडान रद्द गरिएको जानकारी गराएको छ । 

सीएएसीले बताएअनुसार कुनै पनि एयरलाइन्सलाई उडानको मौलिक कोटा अन्य मार्गहरूमा स्थानान्तरण गर्न अनुमति दिइएको छैन । सीएएसी नयाँ कानूनी प्रावधानमा कोभिड-१९ सङ्क्रमण पुष्टि हुने यात्रुहरूको सङ्ख्या पाँच पुगेमा दुई हप्तासम्म उडान निलम्बन रहने छन् । (रासस)
 


Author

थप समाचार
x