विश्व

नेपालबाट विवाह गरेर गएका महिलाले बिहारमा जातीय आरक्षण नपाउने

इकागज |
भदौ ६, २०७८ आइतबार १४:७ बजे

काठमाडौँ - नेपालबाट विवाह गरेर बिहार गएका नेपाली चेलीले जातीय आरक्षण नपाउने भएका छन् । त्‍यहाँको निर्वाचन आयोगले आसन्‍न पञ्‍चायत चुनावमा लड्न पाउने भए पनि आरक्षण भने नपाउने जनाएको छ । भारतीयसँग विवाह गरेर नागरिकतासमेत पाएकाले चुनाव लड्न भने पाउने आयोगलाई उदृत गर्दै भारतीय सञ्‍चार माध्यमले जनाएका छन् ।  

साथै आयोगले आरक्षणको सवालमा महिलाको जातको निर्धारण श्रीमानबाट नभइ बुवाबाट मात्रै हुने ठहर गरेको छ । तर, उनीहरूले महिलाको आरक्षण भने पाउने जनाइएको छ । बिहारमा महिलाले ५० प्रतिशत आरक्षण पाउँदै आएका छन् । नेपाल र भारतीबीच रोटीबेटीको सम्‍बन्‍ध छ । विशेषगरी नेपालको तराई क्षेत्र र सीमावर्ती बिहारलगायतबाट दुवैतर्फ विवाह हुने गरेको पनि भारतीय सञ्‍चारमाध्यमले लेखेका छन् ।



Author

थप समाचार
x