कतार मध्यस्थकर्ता मात्र हो, तालिबानलाई प्रभावमा पारेका छैनौँ : उपप्रधान एवं विदेशमन्त्री
काठमाडौँ - कतारी उपप्रधान तथा विदेश मामिलामन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अफगानिस्तानबाट व्यक्तिहरूलाई निकाल्न कतारले सहयोगी भूमिका निर्वाह गरिरहेको बताएका छन् । तर, कतारले तालिबानलाई कुनै प्रभाव नपारेको स्पष्ट पार्दै भनेका छन्, 'अरु अफगानिस्तानका धेरै पक्षको बीचमा आफूहरू मध्यस्थकर्ता रहेको जनाएका छन् ।'
उनले अफगानिस्तानमा शान्ति कायम राख्न र देशबाहिर जान चाहनेलाई कतारले सहयोग गर्दै आएको बताए । साथै, कतार एयरवेजले अफगानिस्तानबाट विदेशीलाई निकालेर उनीहरुको देश फर्काउन पनि सहयोग गरिरहेको उनको भनाइ छ । सोमबारसम्म त्यहाँबाट ७ हजार जनालाई उद्धार गरिसकिएको र यो संख्या अझै बढ्ने उनले बताए ।
विदेशमन्त्री अल थानीले काबुलस्थित कतार दूतावासले पनि त्यस्ता व्यक्तिहरुलाई सहयोग गरिरहेको बताए । उनले आफ्नो मुलुक फर्किन नपाएका नागरिकलाई सहयोग गर्न खोजिरहेको जानकारी पनि दिए । उनले अफगानिस्तानमा मानवीय संकट कम गर्न खोजेको स्पष्ट पार्दै आफ्नो मुलुक नागरिकको मानविय सहयोगमा अब्बल तवरले उभिने पनि जनाएका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया