तालिबानलाई सफल बनाउन प्रविधि र सामाजिक सञ्जालले कसरी सहयोग गर्यो ?
दुई साता भयो, तालिबान अफगानी सत्तामा फर्किएको । काबुल फर्कन तालिबान कसरी सफल भयो भन्ने विषयमा व्यापक छलफल र बहस भइरहेका छन् । समस्या रहित हुन नसकेको शान्ति वार्ता, भ्रष्टाचारमा लिप्त असरफ घानीको सरकार र सरकारी अंगहरु, तालिबानविरुद्ध लड्न खासै उत्साहित नदेखिएको सेना आदिले तालिबानलाई सहयोग गरेको भनिँदैछ । तर यस्तो सूचीमा तालिबानले बनाएको आधुनिक मिडिया रणनीति भने छुटेको देखिन्छ ।
तालिबानको अघिल्लो शासनकालमा अफगानिस्तानमा इन्टरनेट चलाउन बन्देज गरिएको थियो । सरकारी टेलिभिजन च्यानल समेत चलेन । अरु त अरु संगीतले पनि प्रतिबन्ध खेपेको थियो । तर विदेशी सेनाको हमलामा कारण अफगानिस्तानमा इन्टरनेट देखि टेलिभिजनसम्म फर्किए । यसको फाइदा तालिबान आफैँले पनि उठायो ।
तालिबानले ‘भ्वाइस अफ सरिया’ नाम गरेको रेडियो स्थापना गर्यो । त्यसपछि, वेभसाइट सञ्चालनमा ल्यायो । जसको नाम हो, अल इमराह । यस साइटमा युद्ध दौरान खिचिएका भिडियो राखिएका छन् । तालिबानका नयाँ घोषणा र समाचार पनि यही साइटमा हालिन्छन् । यस साइटलाई कयौँ पटक ब्लक पनि गर्न खोजियो । तर सबै प्रयास खेर गए । जे होस्, विशेषगरी सन् २००३ पछि तालिबानले भर्चुल दुनियाँमा आफूलाई सक्रिय बनाएको देखिन्छ ।
तालिबानले बाहिरी दुनियाँसम्म आफ्ना विचार पुर्याउन इन्टरनेटको सहारा लिएको छ । अंगे्रजी र अफगानिस्तानका स्थानीय भाषा पास्तो र दारी बाहेक अरबीमा समेत विभिन्न अनलाईन म्यागजिन प्रकाशन गरेको छ । धर्म सम्बन्धी सामाग्री तालिबानले अंग्रेजी र अरबीमा तयार पार्ने गरेको छ । अनि राष्ट्रवादसँग जोडिएका सामाग्री चाहिँ पर्सियन लिपिमा । यसैगरी, क्षेत्रिय तथा राष्ट्रिय राजनीतिका सामाग्रीका लागि तालिबानले उर्दु भाषा छनौट गरेको छ ।
तालिबानले आफूलाई सधैँ साम्राज्यवादसँग लडिरहेको शक्ति भएको प्रचार गरिरह्यो । तालिबानको यस्तो प्रचार इन्टरनेटविना धेरै जनसंख्यामा पुग्दैन थियो । तालिबानले यसरी नै आफूलाई काबुलमा सत्ता चलाइरहेका शक्तिहरुको विकल्पका रुपमा स्थापित गराइ छाड्यो । सैन्य बल र रणनीतिक सफलताका अधारमा अब तालिबान अफगानिस्तानको मात्र नभएर क्षेत्रिय शक्तिका रुपमा स्थापित भएको छ ।
तालिबान पुनः उदाउनुमा विदेशी फौजका केही कमजोरी कारक बनेका छन् । जस्तै, अफगानी सरकारी सेना पनि सम्मिलित रहेको अमेरिका नेतृत्वको फौज पनि स्थानीय अफगानी जनसंख्यासँग जोडिन नसक्नु । तर त्यहीबेला तालिबान भने दुर्गम क्षेत्रमा आफूलाई स्थापित गराउनतर्फ लाग्यो । उसले अफगानी पहिचानको कुरा गर्यो । स्थानीय अफगानीलाई आफू वैध राज्य सञ्चालक रहेको सन्देश दिनसक्यो । अफगानी समाजको नेतृत्व गर्ने मुल्लाह, धार्मिक गुरु, स्थानीय राजनीतिज्ञ लगायतलाई आफ्नो पक्षमा ल्याउन सक्यो । पछिल्ला साताहरु यही तप्का महत्वपूर्ण सावित भएको छ । जसले अफगानी सरकारी फौजलाई तालिबानसमक्ष हात उठाउन मनायो । तालिबान भनेको अफगानिस्तानकै छोराहरु हुन् भन्ने सन्देश मुलुकभर प्रवाह गर्यो ।
अफगानिस्तानमा सन् २००१ पछि इन्टरनेटको व्यापक विस्तार भएको हो । ताजा तथ्यांक अनुसार, ८९ प्रतिशत अफगानीसँग इन्टरनेटको पहँच छ । यो सफलतामा मोबाइल फोनको सहज उपलब्धताको पनि उल्लेख्य भूमिका छ । इन्टरनेटको विस्तारको फाइदा, अफगानी नागरिकलाई मात्र भएन, ताबिलानलाई पनि भयो । इन्टरनेटकै कारण तालिबानलाई आफ्नो प्रपोगान्डा फैल्याउन सजिलो भयो । युवा अफगानीलाई आफूतर्फ आकर्षित गर्न र उनीहरुलाई भर्ती गर्न इन्टरनेटबाटै प्रशस्त प्रचार सामाग्री पनि इन्टरनेटकै माध्यमबाट गाउँगाउँमा पुग्यो ।
तालिबानले ह्वाट्सएप र टेलिग्रामको प्रयोग पनि व्यापक गर्यो । आफ्ना लडाकुहरुलाई आपसमा सम्पर्क गराउन, अप्रेशनबारे सूचना आदानप्रदान गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकारलाई आफ्नो सूचना पठाउन ह्वाट्सएप र टेलिग्रामको खुबै प्रयोग गर्यो, तालिबानले । माथि देखि तलसम्मका तालिबान सदस्यहरुमाझ सूचना आदानप्रदान गर्न यी सामाजिक सञ्जाल प्रयोगमा आए । फेसबुक र ट्वीटर जस्ता स्थापित सामाजिक सञ्जालमा तालिबानका नेताहरुले निरन्तर आफ्नो संगठनको कुरा राखिरहे ।
तालिबान पुनः उदाउनुमा विदेशी फौजका केही कमजोरी कारक बनेका छन् । जस्तै, अफगानी सरकारी सेना पनि सम्मिलित रहेको अमेरिका नेतृत्वको फौज पनि स्थानीय अफगानी जनसंख्यासँग जोडिन नसक्नु । तर त्यहीबेला तालिबान भने दुर्गम क्षेत्रमा आफूलाई स्थापित गराउनतर्फ लाग्यो । उसले अफगानी पहिचानको कुरा गर्यो । स्थानीय अफगानीलाई आफू वैध राज्य सञ्चालक रहेको सन्देश दिनसक्यो ।
इन्टरनेटको प्रयोग गर्ने तालिबान पहिलो लडाकु समूह होइन । अल काएदादा र आईएसआईएस जस्ता आतंकवादी संगठनहरु पहिलाबाटै सामाजिक सञ्जालमा सक्रिय थिए । यी संगठनहरुले सामाजिक सञ्जालमार्फत चन्दा समेत उठाए । सामाजिक सञ्जालमा गरिएका पोस्टहरुकै सहायतमा कयौँ मुस्लिम युवा अल काएदा र आईएसआईएससम्म पुगे । भर्ति पनि भए । यही लय समात्यो तालिबानले पनि ।
सामाजिक सञ्जाल तालिबानका लागि भरपर्दा सञ्चार साधन भए । यसको प्रयोगका कारण उनीहरु समातिने डर पनि भएन । न त अमेरिकी फौजले तालिबानलाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट रोक्न सक्ने स्थिती नै रह्यो । त्यही भएर, तलिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भनेका थिए, ‘हामी इन्टरनेट लगायतका आधुनिक सुविधाहरुलाई आफू अनुकुलको बनाएर प्रयोग गर्ने प्रयत्नमा छौँ ।’
सञ्चार माध्यम वा मासमा आफ्नो सन्देश र सूचना पुर्याउन कतिपय अवस्थामा तालिबान अफगानी सेना र अमेरिकी फौजभन्दा अगाडि हुन्थ्यो । यसको कारण, सामाजिक सञ्जालको प्रयोग नै हो । यसको उदाहरण, गत फेब्रुअरी, २०२० को शान्ति सम्झौँता हुँदा देखियो । यस सम्झौतालाई तालिबानले आफ्नो जित र असरफ घानीको सरकारको पतन भएको प्रचार गर्यो । यही बिन्दुबाट अफगानी फौज निरुत्साहित भएको मानिन्छ ।
काबुल कब्जा गरेपछि आफ्नोबारे अफगानी नागरिकमाझ सकारात्मक जाओस् भनेर तालिबानले सामाजिक सञ्जालमार्फत सन्देश पठाइरह्यो । आफू पहिलेको जस्तो कठोर नरहेको, महिला तथा अल्पसंख्यकको अधिकारको सम्मान गर्ने, सबै नागरिकको सुरक्षमा प्रतिबद्ध रहेको लगायतका सन्देश तालिबानले सामाजिक सञ्जालमार्फत नै प्रवाह गर्यो । आफ्ना फेसबुक र युट्युबका खाता नचले पनि तालिबानले हजारौँ फलोअर भएका अन्य खातामार्फत आफ्नोबारे सकारात्मक सन्देश प्रवाह गर्नसक्यो । क्यामराका अगाडि तालिबान शान्त देखिएको छ । शालिन रहेको सन्देश दिन खोजेको छ । क्यामरा पछाडिको तालिबान भने पुरानै छ । सडकमा नागरिकमाथि हातपात गरिरहेको छ ।
काबुल फर्कन सामाजिक सञ्जालबाट उल्लेख्य सहयोग लिएको तालिबानले अब फेरिन सक्छ । उसले सामाजिक सञ्जालको प्रयोगमाथि प्रतिबन्ध लगाउन सक्छ । हुन त सामाजिक सञ्जाल प्रयोगमा बन्देज लगाउने अफगानिस्तान पहिलो मुलुक हुने छैन । अफगानितानकै कतिपय छिमेकी मुलुकमा फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल चल्दैनन् ।
तालिबानलाई इन्टरनेट प्रयोगमा बन्देज लगाउन प्रेरित उविरुद्ध सामजिक सञ्जालमा भइरहेको विरोधले गर्नसक्छ । तालिबानलाई मन नपराउने अफगानिस्तानको ठूलो तप्का सामाजिक सञ्जालमार्फत विरोध गरिरहेको छ । नागरिकका लागि तालिबानविरोधी विचार राख्ने अर्को ठाउँ छैन । इन्टरनेट र सामाजिक सञ्जाल नै यस्ता माध्यम हुन् जसबाट कुनै पनि मुलुकको भित्री सूचना विश्वले थाहा पाउँछ । यदि तालिबानले समग्र इन्टरनेट प्रयोगमै बन्देज लगाउने हो भने, विश्व अफगानिस्तानको स्थितीबारे लगभग बेखबर हुनेछ । विडा मेहरनले दी गार्डियनका लागि लेखेको लेखको अनुवाद । मेहरन अफगानी मूलकी बेलायती प्राध्यापक हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया