विश्व

बेलारुसका विपक्षी नेतालाई ११ वर्षको कैद सजाय

इकागज |
भदौ २३, २०७८ बुधबार ६:१२ बजे

मिन्स्क, बेलारूस - बेलारुसका विपक्षी नेता ११ वर्ष कैद सजाय सुनाइएको छ । बेलारुसको अदालतले नेता मारिया कोलेसनिकोभालाई ११ वर्ष कैद सजाय फैसला सुनाएको हो । कोलेसनिकोभाले राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबिरूद्ध सामूहिक सडक प्रदर्शनको नेतृत्व गरेका थिए। गत वर्ष सम्पन्न निर्वाचनमा धाँधली गरेको भन्दै विरोध गर्दै आएका उनलाई सरकारविरूद्ध कठोर बनेको र राष्ट्रिय हितविपरीत काम गरेको अभियोग लगाइएको थियो ।

कोलेस्निकोवा र अर्का विपक्षी नेता म्याक्सिम नाकलाई राजधानी मिन्स्कमा बन्द ढोका पछाडि आयोजित एक सुनुवाईमा चरमपन्थी र ‘असंवैधानिक तरीकाले राज्य सत्ता कब्जा गर्ने’ षडयन्त्र गरेको आरोप लगाइएको छ ।' लुकाशेन्कोको सरकारको विरोधीहरुद्वारा गठित समन्वय परिषद्को एक प्रमुख सदस्य नाकलाई पनि १० वर्ष जेल सजाय सुनाइएको छ । कोलेस्निकोवा, एक संगीतकारबाट राजनीतिमा आएका हुन् । 
 



Author

थप समाचार
x