विश्व

अफगानिस्तानलाई चीनको तीन करोड डलर बराबरको सहयोग

इकागज |
भदौ २३, २०७८ बुधबार २२:१६ बजे

काठमाडौँ-चीनले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । चिनियाँ सहयोगमा अन्न, औषधी, कोभिड–१९ विरुद्धको खोप लगायत समावेश रहने सिन्ह्वाले जनाएको छ । तालिबानले अन्तरिम सरकार गठन गरेको एक दिनपछि चीनले आफ्नो छिमेकीका लागि सहयोगको घोषणा गरेको हो । 

चिनियाँ विदेश मन्त्री वाङ यीले पाकिस्तान, इरान, ताजिक्स्तान, उज्वेकिस्तान र तुर्केमिनिस्तानका समकक्षी तथा कूटनीतिज्ञहरुसँगको भर्चुअल छलफलका क्रममा अफगानिस्तानका लागि सहायताको घोषणा गरेका हुन् । 


चिनियाँ सहयोग अन्तर्गत अफगानिस्तानले पहिलो खेपमा तीस लाख डोज खोप पनि प्राप्त गर्नेछ । विदेश मन्त्री वाङले आफूहरु अफगानिस्तानलाई थप सहयोग गर्न तयार रहेको बताएका छन् । कोभिड महामारी नियन्त्रणका लागि चीनले अफगानिस्तानलाई ‘चाइना–साउथ एसियन कन्ट्रिज एमेरजेन्सी सप्लाइज रिजर्भ’ अन्तर्गत रही थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । 


Author

थप समाचार
x