विश्व

अमेरिकीसहित दुई सय जनालाई काबुलबाट बाहिरिन अनुमति

इकागज |
भदौ २४, २०७८ बिहीबार २०:४३ बजे

कतार - अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि स्वदेश फर्किन चाहने अमेरिकीसहित विश्वका विभिन्न मुलुकका करिब २०० जनालाई फिर्ता हुन तालिबानले अनुमति दिएको छ । 

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार अफगानिस्तानमा फसेका अमेरिकीहरूलाई उद्धार गर्न र त्यहाँबाट निकाल्न विदेशमन्त्री एन्टोनी ब्लिङ्केन कतारको दोहामा रहेका छन् । तालिबानले उनीहरूलाई बाहिर जान दिए पछि अफगानिस्तानबाट कतारको उडानमार्फत् उनीहरू कतार जाने काबुल विमानस्थल स्रोतले जानकारी गराएको हो । 


अफगानिस्तानबाट बाहिरिनेमा करिब २०० जना अमेरिकी रहेको बताइएको छ । अफगानिस्तान तालिबानले नियन्त्रण गरे पछि गत अगस्त ३१ सम्म अमेरिकी सेनासहित उनीहरूलाई सहयोग गर्दै आएका अफगानी नागरिकसमेत शरणार्थीका रूपमा अमेरिका पुगेका छन् । (रासस)
 


Author

थप समाचार
x