उत्तरी मेसेडोनियाको अस्पतालमा आगलागी हुँदा १४को मृत्यु, दर्जनौ घाइते
प्रतिकात्मक तस्बिर
तेतोभो, मेसेडोनिया - उत्तरी मेसेडोनियाको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । कोभिड संक्रमित भएकाहरूको उपचार हुँदै आएको तेतोभो सहरस्थित अस्पतालमा आगलागी भएको हो ।
आगलागी र यसबाट भएको मानवीय क्षतिबारे मेसेडोनियाली अधिकारीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । अग्निनियन्त्रकले आधा घण्टाभित्रै आगलागी नियन्त्रणमा लिएपनि घटनामा १४ जनाको मृत्यु भएको र दर्जनौ घाइते भएकाका थिए । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्री वेन्को फिलिपेले बताए ।
उनले घाइते अवस्थामा उद्धार गरिएका कैयौँ व्यक्ति धुवाँको मुस्लोमा निशासिएर मृत्युवरण गरेको र केहीलाई स्वासप्रश्वासमा समस्या रहेको छ भने करिब एक दर्जन सख्त घाइते अवस्थामा रहेका छन् ।
घटनास्थललाई सुरक्षाकर्मीले घेरेर राखेको बताउँदै एक स्थानीयले भने, 'सरकारले जानकारी गराएकोभन्दा निकै धेरै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । मृतक तथा घाइतेका आपन्तजनले घटनाको शीघ्र छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया