लिबियाका पूर्वराष्ट्रपतिका छोरा कद्दाफी टर्कीमा
काठमाडौँ – सन् २०११ को विद्रोहमा मारिएका लिबियाका तत्कालीन राष्ट्रपति माहमर कद्दाफीका छोरा सादी कद्दाफी जेलबाट मुक्त भएपछि टर्की पुगेका छन् ।उनका प्रवक्ता मोसा इब्राहिमले कद्दाफीका छोरा सादी काद्दाफी टर्की पुगेको पुष्टि गरेका छन् ।
कद्दाफी शासनकालमा शक्तिशाली शासक मानिने ४७ वर्षीयका सादी खेलकूद क्षेत्रमा चर्चित थिए । इटालीमा केही समय पेशेवर फुटबलरको रूपमा खेलेका सादी सन् २०११ को नेटो सैनिक गठबन्धनको समर्थनमा भएको विद्रोहपछि नाइजरतर्फ पलायन भएका थिए । उनलाई नाइजर सरकारले पक्राउ गरी सन् २०१४ मा लिबियालाई सुपुर्दगी गरिएको थियो ।
उनलाई गद्दाफीका पूर्वमन्त्री र गुप्तचर प्रमुख अहमद रमजानलगायत कैदीहरूसँगै रिहा गरिएको हो । सुरुमा लिबियाली सञ्चारमाध्यमले गद्दाफी टर्की पुगेको जानकारी दिएका भए पनि टर्कीको विदेश मन्त्रालयले शुक्रबार एएफपीलाई इस्तानबुलमा सादीको उपस्थितिबारे ‘केही थाहा नभएको’ बताएको थियो । इजिप्ट, साउदी अरब र टर्कीले सादीलाई स्वागत गर्ने बताएकासादीका प्रवक्ताको भनाइ उधृत गरी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अप्रिल २०१८ मा रायानीको हत्याको अभियोगमा पुनरावेदन अदालतले उनलाई सफाइ दिएको थियो । -रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया