विश्व

पेरु माओवादी आन्दोलन 'साइनिङ पाथ' का नेता गोन्जालोको निधन

इकागज |
भदौ २७, २०७८ आइतबार ७:५४ बजे

काठमाडौँ - पेरु माओवादी आन्दोलन 'साइनिङ पाथ' का नेता अबिमाइल गुज्मान गोन्जालोको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको ८६ वर्षको उमेरमा शनिबार बिहान मृत्यु भएको अन्‍तराष्‍ट्रिय सन्‍चार माध्यमले जनाएका छन् । दर्शनशास्त्रका प्राध्यापकसमेत रहेका गोन्जालो विगत २९ वर्षदेखि बन्दीजीवन बिताइरहेका थिए । उनी पेरुको युद्धको क्रममा सन् १९९२ राजधानी लिमाबाट गिरफ्तारीमा परेका थिए । त्यसपछि उनलाई त्यहाँको सत्ताले आजीवन कारागारको सजाय सुनाएको थियो । 

उनले नेतृत्व गरेको पेरूको माओवादी गुरिल्ला समूह र पेरू सरकारका सेनाबीच भएको एक दशक भन्दा बढी लामो गृहयुद्धमा ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । गोन्जालोको पक्राउपछि विद्रोही समूहलाई ठूलो क्षति भएको थियो । समूहका सदस्यहरू अहिले पनि पेरुको केही क्षेत्रमा सक्रिय छन् । 



Author

थप समाचार
x