विश्व

जोन्सनले गरे मन्त्रिमण्डल हेरफेर

इकागज |
भदौ ३१, २०७८ बिहीबार ६:४२ बजे

लण्‍डन- प्रधानमन्त्री बोरिस जोन्सनले मन्त्रिमण्डलमा हेरफेर गर्ने भएका छन् । नयाँ मन्त्री मण्डलमा विदेश मन्त्री डोमिनिक राबलाई अहिलेको मन्त्रालयबाट हटाइएको डाउनिङ स्ट्रीट स्रोतले बुधबार पुष्टि गरेको छ । 

यद्यपि राब न्यायमन्त्री बन्ने र उपप्रधानमन्त्रीको भूमिका पनि निर्वाह गर्ने बताइएको छ ।


स्थानीय सञ्चार माध्यमका अनुसार अफगानिस्तानबाट बेलायतको बहिर्गमन र काबुल तालिबानको कब्जामा गएको केही घण्टापछिसम्म छुट्टीमा रहने निर्णय लिएका राब प्रधानमन्त्रीको निशानामा परेका छन् । (सिन्हा)


Author

थप समाचार
x