दर्जन बढी घाइते
चीनको सिचुवान प्रान्तमा ६ म्याग्निच्यूडको भूकम्प: कम्तिमा २ जनाको मृत्यु
काठमाडौँ - बिहीबार बिहान चीनको दक्षिण-पश्चिमी प्रान्त सिचुवानमा ६ म्याग्नेच्युडको भूकम्पको धक्का महसुस गरिएको छ । समाचार संस्था रोयटर्सकाअनुसार तिब्बतसँग जोडिएको प्रान्त सिचुवानमा स्थानीय समयअनुसार बिहीबार बिहान ४:३३ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पमा परी अहिलेसम्म कम्तिमा २ जनाले ज्यान गुमाएको समाचारमा जनाइएको छ । पाँच दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । भूकम्पले केही घरहरू समेत भत्काएको छ। भूकम्पपछि सरकारले आपतकालीन उद्धार जारी राखेको चिनियाँ सन्चार माध्यमले जनाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया