अफगानिस्तानसम्बन्धी विवाद कारण नेदरल्याण्डका रक्षा मन्त्रीद्वारा राजीनामा
द हेग - नेदरल्याण्डका रक्षामन्त्री याङ्क बिलेभेल्डले शुक्रबार मन्त्री पदबाट राजीनामा दिएका छन् । अफगानिस्तानमा उत्पन्न संकटबारेमा गर्ने व्यवहारका सम्वन्धमा भएको विवादका कारण उनले राजीनामा दिनु परेको हो ।
उनले राजीनामा दिएपछि खाली भएको रक्षा मन्त्रालयको जिम्मेवारी विदेश मन्त्रीलाई दिइएको छ । विवाद भएपनि रक्षा मन्त्री बिलेभेल्डले राजीनामा दिन अस्वीकार गर्दै आएका थिए । तर संसदले समेत उनको आलोचना गर्दै औपचारिक रूपमै राजीनामाका लागि दवाव दिएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।
'मैले मेरो पार्टी र प्रधानमन्त्रीलाई मैले राजीनामा दिएको बारेमा जानकारी गराएको छु, राजीनामा स्वीकृत गरिदिनुहुनु राजालाई अनुरोध गरेको छु,' बिलेभेल्डले भनेका छन्।
अफगानिस्तानबाट विस्थापित भएका व्यक्तिहरूलाई व्यवस्थापन गर्ने बारेमा विवाद भएकाले आफूले राजीनामा दिनु परेको र आफ्नो मतप्रति आफू अझै पनि अडिग नै रहेको उनले जानकारी दिए ।
यसअघि यही विषयमा भएको विवादका कारण विदेशमन्त्री सिग्रिड काङले पनि बिहीबार राजीनामा दिएका थिए । उनलाई पनि राजीनामा दिन संसदले आदेश दिएको थियो । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया