चिनियाँ अन्तरिक्षयात्री ९० दिनपछि सकुशल फिर्ता
बेइजिङ- सबैभन्दा लामो मिसनमा रहेको चीनको पहिलो अन्तरिक्ष स्टेसनमा ९० दिनको बसाईपछि शुक्रबार तीन जना चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् ।
नी हाइशेङ, लिउ बोमिङ र ताङ होङबो रहेको अन्तरिक्षयान बिहीबार बिहान अन्तरिक्ष स्टेशनबाट छुटेको थियो । यान शेन्जाउ–१२ अन्तरिक्ष यानमा शुक्रबार करिब १:३० बजे अवतरण गरेको छ ।
चिनियाँ राष्ट्रिय टेलीभिजन (सीसीटीभी) ले गोबी मरुभूमिमा अवतरण गर्दै गरेको प्याराशुटिङको फुटेज प्रशारण गरी यानको सफल अवतरण भएको जानकारी गराएको छ । (एपी)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया