विश्व

अफगानिस्तानमा विद्यालय खुल्न थाले

इकागज |
असोज २, २०७८ शनिबार १४:५२ बजे

फाइल तस्बिर

काबुल - तालिबानी विद्रोहीले  राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करीब एक महिनापछि खुल्न थालेका छन् ।  अफगानिस्तानको शिक्षामन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय (मदरासा)हरू शनिबारदेखि  सञ्चालनमा आएका छन् । 

मन्त्रालयले सरकारी तथा निजी दुवै विद्यालयका छात्रहरू र पुरुष शिक्षकहरूलाई शनिबारदेखि नियमित अध्ययन-अध्यापनमा फर्किन आग्रह गरेको छ। यहाँका प्राथमिक विद्यालय अघिल्लो हप्तादेखि सञ्चालनमा आएका छन् भने सकारी विश्वविद्यालय भने बन्द छन् ।



Author

थप समाचार
x