साझा चुनौतीको सामना गर्न अमेरिका र नेपालबीच सहकार्य : अमेरिकी विदेशमन्त्री
वासिङ्टन - अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन्। नेपालको संविधान दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा ब्लिन्केनले अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई बधाई दिँदै विगत वर्षमा दुई देशले साझा चुनौतीको सामना गर्न सहकार्य गरेको स्मरणसमेत गरे ।
साथै उनले कोभिडविरुद्धको लडाइँ र जलवायु परिवर्तनमा सँगै काम गरेको उल्लेख गरे । ब्लिन्केनले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण नेपालीलाई शुभकामनासमेत व्यक्त गरे । यसैबीच डिसीस्थित नेपाली दूतावासले समेत विविध कार्यक्रम गरी संविधान दिवस मनाउन लागेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया