चीनमा ७८ प्रतिशत नागरिकलाई कोभिड–१९ खोप लगाइयो
फाइल फाेटाे
बेइजिङ - चीनमा कोभिड–१९विरुद्धको खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या कूल जनसङ्ख्याको ७८ प्रतिशत हो ।
कोभिड–१९ प्रतिक्रियाको लागि राज्य परिषद् अन्तर–संस्थान कार्य दलको तथ्याङ्कअनुसार मुख्य भूमि चीनमा मा एक अर्ब दुई करोड भन्दा बढी मानिसहरूले कोभिडविरूद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् ।
चीनमा कोभिड–१९ विरूद्धको एक खोप लगाउनेको सङ्ख्या दुई अर्ब १७ करोडभन्दा बढी पुगेको छ । कोभिड–१९ विरूद्धको खोप धेरै लगाउने विश्वका प्रमुख देशहरूमध्ये चीन एक भएको उक्त कार्यदलले बताएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया