विश्व

पाकिस्तानले बालबालिका लक्षित कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने

इकागज |
असोज १३, २०७८ बुधबार ८:१६ बजे

पाकिस्तान- पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्ष्यित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।  यहाँका योजनामन्त्री असद उमारले  मङ्गलबार उक्त घोषणा गरेका हुन् । 

हाल पाकिस्तानमा कोरोना सङ्क्रमणबाट हुने मृत्युमा कमी आएको छ।  मन्त्री उमारले ट्वीट गर्दै छिटै यो अभियान विद्यालय केन्द्रित भई सञ्चालन गरिने जनाएका छन् ।


पाकिस्तानमा पछिल्लो २४ घण्टामा १,४०० नयाँ सङ्क्रमित फेला परेका छन् भने भाइरस सङ्क्रमणका कारण ४१ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा जुलाइदेखि दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १,५०० भन्दा कम भएको यो पहिलो पटक हो । (एपी)


Author

थप समाचार
x