विश्व

मंगोलियामा कोभिड सङ्क्रमित संख्या तीन लाख नाघ्यो

इकागज |
असोज १४, २०७८ बिहीबार ७:२५ बजे

मंगोलिया- मंगोलियामा कोभिड १९ सङ्क्रमितको संख्या तीन लाख नाघेको छ ।

गत २४ घण्टामा २ हजार ५१५ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि कूल सङ्क्रमतिको संख्या तीन लाख एक हजार ४३४ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।


मङ्गलबार यहाँ कोरोना सङ्क्रमणबाट ६० बर्ष भन्दा माथिका १९ बिरामीको मृत्यु भएको थियो । योसँगै मंगोलियामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ हजार १८५ पुगेको छ ।

मंगोलियामा  करिब  ३४ लाख अर्थात कूल जनसंख्याको ६५ प्रतिशतलाई पूरा डोज खोप लगाइएको छ । यहाँ कोभिड १९ नयाँ स्वरुपको रुपमा आएको डेल्टा भाइरसको सङ्क्रमण जारी रहेको छ ।

यहाँ  दैनिक रुपमा २ हजार भन्दा बढी सङ्क्रमित र करिब २० जनाको मृत्यु हुने गरेको जनाइएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x