फ्रान्सका पूर्व राष्ट्रपति निकोलसलाई जेल सजायको फैसला
पेरिस - फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ । सन् २०१२ मा राष्ट्रपतिमा आफु पुनः निर्वाचित हुनका लागि सहयोग पुग्ने गरी चलाइएको अभियानमा अवैधानिक रुपमा सहयोग गरेको आरोप उनलाई लगाइएको थियो ।
सोही आरोपका आधारमा अदालतले उनलाई दोषी ठहर गर्दै एक बर्ष कारागार राख्नुपर्ने सजाय बिहीबार सुनाएको हो । सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो । यसअघि अर्को एउटा प्रकरणमा पनि उहाँको संलग्नता पुष्टि भएको थियो ।
त्यो घटनाका कारण ६६ बर्षीय सार्कोजीलाई गत मार्चमा तीन बर्षे जेल सजाय तोकिएको छ । (रासस)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया