विश्व

जापानको १००औँ प्रधानमन्त्रीमा किशिदा

इकागज |
असोज १८, २०७८ सोमबार १२:५५ बजे

जापान - जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक दल (एलडीपी)को अध्यक्षमा निर्वाचित भएसँगै फुमिओ किशिदाले सोमबार प्रधानमन्त्रीको पदभार सम्हाल्दै छन् । गत हप्ता चुनावमा अध्यक्षमा विजयी भएसँगै ६४ वर्षीय किशिदा प्रधानमन्त्री बन्ने निश्चित भएको थियो । 

बुधबार सम्पन्न सत्ताधारी एलडिपीको दोस्रो चरणको मत परिणाम अनुसार किशिदा २५७ मत सहित बिजयी भएका थिए  । आज बोलाइएको तल्लो  सदनको विशेष अधिवेशनमा आधिकारिक रूपमा जापानको १०० औ प्रधानमन्त्री बनेका हुन् । पार्टी अध्यक्षनै प्रधानमन्त्री बन्ने नियमानुसार पार्टी अध्यक्षमा विजयी भएपछि किशिदा प्रधानमन्त्री बन्ने भएका हुन् । उनले कोभिड  महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनःजीवित गर्दै संक्रमण नियन्त्रण गर्ने उद्देश्यसहित नयाँ मन्त्रिपरिषद् गठन गर्दैछन् । 



Author

थप समाचार
x