लिबियामा संसदको निर्वाचन सर्यो
त्रिपोली- लिबियामा यही वर्ष सन् २०२१ मा हुने तय भएको संसदीय निर्वाचन फेरी पछाडि सरेको छ । प्रतिनिधि सभा सदस्यहरुको चयनका लागि लिबियामा आगामी सन् २०२२ को जनवरीमा निर्वाचन हुने तय भएको हो । यसअघि यही सन् २०२१ को डिसेम्बर २४ तारिखमा निर्वाचन गर्ने तय भएको थियो ।
'राष्ट्रपतीय निर्वाचन भएको ३० दिनपछि संसदीय निर्वाचन हुने भएको छ,' प्रतिनिधि सभाका प्रवक्ता अब्दुल्लाह ब्लेहिगले भने । राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित हुने भएकाले र अत्यावश्यक पनि भइसकेकाले राष्ट्रपतीय निर्वाचन भने यसअघि तोकिएकै समयमा गर्न लागिएको उनले बताए । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया