विश्व

इन्डोनेसियाद्वारा जैविक इन्धनको प्रयोग गरी  सफल उडान परीक्षण

इकागज |
असोज २२, २०७८ शुक्रबार ६:२८ बजे

जकार्ता- इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ । बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ ।

उक्त परीक्षण उडानका क्रममा  ऊर्जा तथा खनिज स्रोत मन्त्री अरिफिन तस्रिफले आफूहरूले नयाँ इतिहास रच्न लागेको  र त्यो समयको पर्खाइमा रहेको समेत बताए ।  उनका अनुसार पाम तेलमा आधारित बायोडीजल मिश्रण  इन्धन भू-यातायातमा प्रयोग गरिएको छ अब त्यसलाई हवाई यातायातमा पनि प्रयोग गरिनेछ । 


उडान परीक्षण १०,००० र १,६००० फिट को उचाइ मा उडान गर्ने विमानसँगै गरिएको थियो। उक्त परीक्षणबाट जेट A1 ईन्धन र J 2.4 को उपयोग गर्ने  विमान र यसमा समानता पाइएको छ । यातायातमन्त्री बुडी कार्यासुमादी यो परीक्षणको सफलता देश भित्रको मात्र नभएर अन्तरराष्ट्रिय रूपमै भएको बताए । (सिन्हवा) 


Author

थप समाचार
x