विश्व

विषाक्त मदिराले रुसमा १४ जनाको मृत्यु

इकागज |
असोज २३, २०७८ शनिबार ६:३३ बजे

सांकेतिक तस्बिर

मस्को- विषाक्त मदिरा सेवनका कारण  रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना विरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गभर्नर डेनिस पास्लरले घटनाका बारेमा अनुसन्धान गरी दोषीमाथी कारबाही गराउन सम्वन्धित अधिकारीहरुलाई निर्देशन दिइसकेका छन् ।

ओर्सक सहरमा विषाक्त मदिरा बनाएको अभियोगमा २९ बर्षिय एक व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।  प्रारम्भिक अध्ययनले ठूलो मात्रामा मदिरा बनाएर बेचेको देखाएको पनि अनुसन्धानकर्ताहरुको भनाई छ । त्यसैका कारण अरु पनि धेरैको मृत्यु भएको हुन सक्ने दाबी गरिएको छ । (एएफपी)



Author

थप समाचार
x