विश्व

सेनेगलको हवाइ सीमाना खोल्ने

इकागज |
असोज २३, २०७८ शनिबार ११:२२ बजे

डकार- सेनेगल सरकारले बिहीबार साँझ सेनेगल जाने यात्रुहरू माथिको लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । एक वरिष्ठ अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार यात्रुहरूले साथमा पाँच दिन भित्रको कोभिड १९ को (पि सि आर नेगेटिभ)  रिपोर्ट भने अनिवार्य बोक्नुपर्ने छ ।  

पिसीआर परीक्षणमा रेपोर्ट नेगेटिभ भएका सबै यात्रुहरूको लागि देशको हवाई सिमाना खुला रहने छ । यस सम्बन्धमा सेनेगलका पर्यटन तथा हवाई यातायात मन्त्री एलोउने सरले एक परिपत्रमा हस्ताक्षर गरेका छन् । कोभिडको बढ्दो सङ्क्रमण सँगै सेनेगलले थुप्रै देशसँग आवागमनमा बन्देज लगाएको थियो । (सिन्ह्वा) 



Author

थप समाचार
x