केरलामा बाढीको विध्वंश
बाढी प्रभावित केरला, तस्बिर स्रोतः दि गार्डियन
केरला : भारतको दक्षिण पश्चिमी राज्य केरलामा बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको छ । भीषण वर्षासँगै आएको बाढी र पहिरोका कारण त्यहाँ आइतबारसम्म २५ जनाको मृत्यु भएको छ । त्यहाँ पहिरोमा पुरिएका र बाढीमा परेकाहरूको उद्दार र खोजी कार्य भइरहेको छ । भारतीय सेनाले प्रभावित क्षेत्रमा आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ ।
केरलाको तटीय क्षेत्रमा बाढी पसेपछि उक्त भाग विभिन्न खण्डमा विभक्त भएको छ भने कतिपय ठाउँमा सम्पर्क बिच्छेद भएको छ । शुक्रबार रातीदेखि वर्षा भीषण हुन थालेपछि नदीहरूमा बहाब बढ्न गई क्षति पुगेको हो । त्यहाँको इड्डुक्की जिल्लामा ११ शब भेटिएको थियो भने कोट्टायममा १४ शव भेटिएका थिए । बाढी र पहिरो प्रभावित हजारौं व्यक्तिलाई त्यहाँबाट उद्दार गरी १०० ओटा राहत शिविरमा राखिएको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बताएका छन् ।
भारतीय सेनाका स्थल, जल र हवाई तीनै थरी कमाण्ड बाढी प्रभावितलाई खाद्यान्न लगायत आपतकालीन सेवा र उद्दारका लागि खटिएका छन् ।
‘मेरो जनजीविकाका चलाउने सबै चीज नष्ट भए,’ केरलाको टीभी च्यानल मनोरमामा कुरा गर्दै कोट्टायममा निराश देखिएका एक पीडितले भने । त्यहीं अर्की स्थानीयबासी महिलाले भनिन्, ‘हामी नजिकैको पहाड खस्यो । यहाँ निकै ठूलो विपत्ति आइलागेको छ, ठूलो क्षति भएको छ । घरहरू बगेका र पुरिएका छन् । बालबच्चाहरूको पनि उद्दार हुन सकेन ।’ अहिले सामाजिक सञ्जालमा केरलाको बाढीमा घरहरू र बसहरू डुबेका भिडीयो र तस्बिरहरू भाइरल भैरहेका छन् ।
Prayers for Kerala 🙏
— Srinivas BV (@srinivasiyc) October 18, 2021
My thoughts are with the people of Kerala. Requesting youth congress workers to help the people who have been affected by floods.#KeralaRains @IYCKerala pic.twitter.com/D7zgpkiFW9
भारतको मौसम विज्ञान विभागले दक्षिण पूर्वी अरब सागर र केरलामा न्यून चापीय क्षेत्रमा जारी भारी वर्षा आज (सोमबार)बाट कम हुने बताएको छ । हिमालय क्षेत्र समेत रहेको उत्तरी भारतका उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा पनि अझै दुई–तीन दिन भीषण वर्ष हुने अनुमान छ । उत्तरी मौसम प्रणाली बंगालको खाडीबाट आएको तीव्र वेगको हावा अफगानिस्तान र आसपासका क्षेत्रमा सम्पर्कमा आएका कारण भारी वर्षाको सम्भावना रहेको छ ।
सन् २०१८ मा केरलामा आँधी र बाढीका कारण ५०० मानिसहरूको ज्यान गएको थियो ।
(दि गार्डियनबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया